भृकुटीमण्डपस्थित ह्वील चेयरको गोदाममा आगलागी
प्रकाशित:
२०७९, २९ असार

काठमाडौं, २९ असार । भृकुटीमण्डपस्थित ह्वील चेयरको गोदाममा भखृरै आगलागी भएको छ । आगलागी भएको खबर आउनेवित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको छ ।

ललितपुर महानगरबाट पनि दमकल बोलाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले जनाएका छन् । उनका अनुसार अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगलागीको कारण खुलेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
