उपसभामुखको निर्वाचन असार ३१ गते
अखबार टुडे
प्रकाशित:
२०७९, २९ असार

काठमाडौं, २९ असार । उपसभामुख चयनका लागि असार ३१ गते निर्वाचन हुने भएको छ ।

प्रतिनिधिसभाको आज बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने तय भएको छ । प्रतिनिधिसभा नियमावली २०७५ को नियम ८ बमोजिम सभामुखले समय र मिति तोक्नुपर्ने हुन्छ ।

नेकपा एमालेबाट उपसभामुख बनेकी शिवमाया तुम्बाहाङ्फेले २०७६ माघमा राजीनामा दिएपछि उपसभामुख पद रिक्त रहेको छ ।

सरकारले उपसभामुख निर्वाचन गर्नुको साटो संवैधानिक परिषद् सम्बन्धि विधेयक ल्याएपछि कांग्रेस भित्रैबाट विरोध भएको थियो । ओली सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै कांग्रेसले त्यतिबेला उपसभामुख छान्न माग गरेको थियो ।

तर आफ्नो नेतृत्वमा सरकार बनेपछि संवैधानिक परिषद् ऐन संशोधन गर्ने विधेयकको बाटो समातेर उपसभामुख चयनमा नलागेको भन्दै कांग्रेस भित्रै विरोध भएको थियो ।

प्रतिक्रिया