आजको मौसम : देशभर वर्षाको सम्भावना
अखबार टुडे
प्रकाशित:
२०७९, २९ असार

काठमाडौं, २९ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज बुधबार बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, बुधबार दिउँसो प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राती पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानहरुमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया