नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने एनआईसी बैंकको सुविधा
अखबार टुडे
प्रकाशित:
२०७९, २८ असार

काठमाडौं, २८ असार । एनआईसी एशिया बैंकले नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने सुविधा ल्याएको छ ।

नगद जम्मा गर्न काउन्टरमा लाइन लाग्नुपर्ने अवस्थाबाट ग्राहकलाई मुक्ति गर्ने उद्देश्यका साथ बैंकले क्यास रिसाइकलर सेवाको शुभारम्भ गरेको हो ।

यस सेवा अन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना नै ग्राहकले केबल आफ्नो डेबिट कार्ड वा खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने छन् ।

मेसिनबाट पाँच सय र एक हजार दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेको छ । साथै एक जना ग्राहकको खातामा दैनिक अधिकतम ९९,५०० सम्म नगद जम्मा गर्न सकिने सीमा तोकिएको छ ।

नयाँ सेवाबाट नगद जम्मा गर्नका लागि ग्राहकले क्यास रिसाइकलर मेसिनमा डेबिट कार्ड राखेर एटिएम पिन कोड राखेपछि वा खाता नम्बर उल्लेख गरेपछि मेसिनमा रहेको रकम जम्मा गर्ने/राख्ने बक्स खुल्नेछ ।

उक्त बक्समा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा मौज्दात गरिदिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यसको जानकारी समेत ग्राहकहरूले एसएमएस तथा रिसिप्ट मार्फत प्राप्त गर्ने व्यवस्था बैंकले गरेको छ ।

बैंकले यो सेवा हालको लागि आफ्नो कर्पोरेट अफिस थापाथलीमा सञ्चालन गरेको छ भने यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योेजना बनाइरहेको जनाएको छ ।

प्रतिक्रिया