भारत विश्वकै सबैभन्दा बढि जनसंख्या भएको देश बन्दै
अखबार टुडे
प्रकाशित:
२०७९, २८ असार

काठमाडौं, २८ असार (एजेन्सी) । भारत विश्वकै सबैभन्दा बढी जासंख्या भएको देश बन्ने प्रक्षेपण गरिएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२३ मा भारत विश्वको सबैभन्दा बढि जनसंख्या भएको देश सावित हुने प्रक्षेपण गरिएको हो ।

विश्वको सबैभन्दा बढि जनसंख्या भएको देशमा चीन एक नम्बरमा छ । तर आगामी वर्ष भारतले चीनलाई उछिन्ने जनाइएको छ ।

चीनको जनसंख्या १ दशमलब ४ अर्ब छ । तथ्यांकअनुसार यही नोभेम्बरसम्म विश्वको जनसंख्या ८ अर्ब हुनेछ । संयुक्त राष्ट्रसंघको जनसंख्या कोष (युएनएफपिए) का अनुसार अहिले संसारभरी ७ अर्ब ९५ करोड ४० लाख मानिस छन् ।

जनसंख्या बृद्धि अहिले सन् १९५० पछि सबैभन्दा सुस्त दरमा रहेको राष्ट्रसंघले जनाएको छ । सन् २०८० सम्ममा १० दशमलब ४ अर्ब हुने राष्ट्रसंघले प्रक्षेपण गरेको छ । तर, विश्वको जनसंख्या असमान रूपमा विस्तार भइरहेको छ ।

आगामी ३० वर्षमा आधाभन्दा बढी जनसंख्या डेमोक्रेटिक रिपब्लिक अफ कंगो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानीया मात्र हुनेछ ।

विश्वका सबैभन्दा विकसित अर्थतन्त्र भएका देशहरुमध्ये केहीले यसअघि नै जनसंख्यामा गिरावट देखिरहेका छन् । ति देशहरुमा जन्मदर घटिरहेको छ । प्रतिवेदनअनुसार सन् २०५० सम्ममा ६१ देशमा जनसंख्या कम्तीमा १ प्रतिशतले घट्नेछ । आगामी वर्षदेखि चीनको जनसंख्या घट्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया