सागर केरुङको नवौँ कृति ‘सुनौली रुपौली’ सार्वजनिक
अखबार टुडे
प्रकाशित:
२०७९, २८ असार

काठमाडौं, २८ असार । रंगकर्मी तथा चलचित्रकर्मी सागर केरुङको नयाँ कृति ‘सुनौली रुपौली’ सार्वजनिक भएको छ ।
लिम्बू संस्कार सुनौली रुपौलीको विषयमा लेखिएको नाट्यकृति ‘सुनौली रुपौली’ ललितपुरमा आयोजित एक कार्यक्रमबीच आइतबार सार्वजनिक गरिएको हो । लेखक केरुङको यो नवौँ कृति हो ।

यसअघि लखेक केरुङका नुमाहाङ्मा, केमाबा लाजे?, सक्सा नु पेन्युक, दोश्रो नागरिक, तियाहा, पासिभन्ज्याङ, साक्थिम र सैमुन्द्रीलगायतका नाट्यकृतिहरु आइसकेका छन् ।

कार्यक्रममा मुन्धुम तथा संस्कृतिविद येहाङ लावती, वीर नेम्बाङ, प्राज्ञ अमर तुम्याङ र सिक्किमका कवि समल सुब्बालगायतले नाटकमाथि टिप्पणी गरेका थिए ।

अल्पाइन युनिभर्सिटी सिक्किमका लिम्बू डिपार्टमेन्ट प्रमुख तथा लिम्बू भाषाका प्रोफेसर कर्ण सुब्बा ताम्लिङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ संघीय अध्यक्ष प्रेम येक्तेन, पुर्वमेजर जर्णेल होमितकुमार लावती, पुर्वशस्त्र प्रहरीका डिआइजी देबेन्द्र सुब्बा, नेपाल आर्मीका कर्णेल रमा सुब्बा, डाक्टर कमल तिगेला, वरिष्ठ मनोविद डाक्टर चेतना लक्समलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया