लोकसेवा परीक्षामा प्रश्न बनिन् अभिनेत्री सुरक्षा पन्त
अखबार टुडे
प्रकाशित:
२०७९, २७ असार

काठमाडौं, २७ असार । अभिनेत्री सुरक्षा पन्तले गत जेठ ५ गते फ्रान्समा आयोजित विश्वकै प्रतिष्ठित फेस्टिभल ‘कान्स फिल्म फेस्टिभल’ सहभागी हुने अवसर प्राप्त गरेकी थिइन् ।

आफू अभिनित इटाली र बेल्जियमको फिल्म ‘द एइट् माउन्टेन्स’ मुख्य प्रतिस्पर्धामा छानिएकाले उनले उक्त अवसर प्राप्त गरेकी हुन् ।

सो अवसरमा कान्सको उनले रेड कार्पेटमा हिँड्ने मौका पाएकी थिइन् । साथै रेड कार्पेटमा हिँड्ने उनी पहिलो नेपाली सेलिब्रेटी समेत बनिन् । कान्स रेडकार्पेटमा हिंडेकी सुरक्षा विश्व मिडियामा पनि चर्चाको विषय बन्यो ।

उनको यहि विषयलाई लोकसेवा आयोगले अधिकृतको प्रश्न पत्रमा सहभागी गराएको छ । प्रश्न पत्रमा कान्सको रेड कार्पेटमा हिँड्ने मौका पाउने पहिलो नेपाली अभिनेत्रीको नाम के हो ? भनेर राखिएको छ । जसको उत्तरमा प्रियंका कार्की, करिश्मा मानन्धर, गौरी मल्ल र उनको नाम छ ।

सुरक्षाले आफ्नो विषयबारे लोकसेवा परीक्षामा प्रश्न बनेको भन्दै प्रश्नपत्रसहित सामाजिक सञ्जालमा खुसी ब्यक्ति गरेकी छन् । उनले लेखेकी छन्, ‘लोकसेवाको परीक्षामा एउटा उत्तर हुँदाको क्षण ।’

प्रतिक्रिया