समाजवादतिर देशलाई डोहोर्‍याउन वाम-लोकतान्त्रिक शक्तिहरु एकीकृत हुन जरुरी छ : प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७९, २६ असार

काठमाडौं, २६ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम–लोकतान्त्रिक शक्तिहरू एकीकृत हुन जरूरी रहेको बताएका छन् ।

मुस्लिम समुदायको महान पर्व बकरइदको अवसरमा आइतबार शुभकामना दिँँदै वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोहोर्‍याउन परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्ति एकीकृत र केन्द्रीकृत हुनुपर्ने उनले बताएका हुन् ।

‘मुलुकको राष्ट्रिय स्वाधिनताका लागि जनयुद्ध र जनआन्दोलनका बलमा हासिल भएका उपलब्धिहरूको रक्षा गर्दै वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोहोर्‍याउन परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्तिहरु एकीकृत र केन्द्रीकृत हुन जरुरी छ’ उनले भनेका छन् ।

अध्यक्ष प्रचण्डले यस पर्वले सम्पूर्ण नेपाली जनसमुदायमा सामाजिक सहिष्णुताको भावना विकास गरी समून्नत नेपाल निर्माणका लागि अग्रसर हुन प्रेरित गरोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘भाइचारा र पारिवारिक मिलनको रुपमा मनाइने इस्लाम धर्मावलम्बीहरुको यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई प्रगाढ बनाई राष्ट्र निर्माण र राष्ट्रिय एकता सुदृढ गर्ने विश्वास लिएको छु ।’ बकरइदको अवसरमा सरकारले आज (आइतबार) सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया