ओलीको चेतावनी- यो सरकार आफैं नहटे जनताले टिपेर मिल्काउने अवस्था आउनसक्छ
अखबार टुडे
प्रकाशित:
२०७९, २४ असार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार एकछिन पनि बस्न नमिल्ने भएकाले अविलम्ब हट्नुपर्ने बताएका छन् । यो सरकार नराम्रा कामहरुको थुप्रो भएको भन्दै अविलम्ब हट्नपर्ने उनको भनाइ छ ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओललीले शेरबहादुर देउवा नेतृत्वको सरकार आफैं नहटे जनताले टिपेर मिल्काउने अवस्था आउनसक्ने समेत चेतावनी दिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘अब अति भयो । अतिबाट पनि अति भयो । अब यो सरकार स्वीकार्य हुन सक्दैन । यो सरकारको काम छैन अबिलम्ब हट्नुपर्दछ । लाज नभएका व्यक्तिहरु त्यही अनुहार देखाएर ठिङ ठिङ बाटोमा हिँडिरहेका छन् ।’
वर्तमान सरकारले एउटा पनि राम्रो काम नगरेको भन्दै उनले भने, ‘यो सरकारले एक वर्षमा एउटा राम्रो काम गरेको दखाओस् त ? नालायक, भ्रष्ट, अनैतिक, सरकारमा एकछिन बस्न पनि नमिल्ने यो सरकार अबिलम्ब हट्नुपर्दछ ।’

साथै, २०६३ साल वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले पढेको वक्तव्यको आफूले ड्राफ्ट गरेको समेत उनले दावी गरे ।

माओवादीलाई के पाएर जनयुद्ध छोडे भन्ने प्रश्न गर्दै ओलीले भने, ‘२०६३ साल वैशाख ११ गते ज्ञानेन्द्रले सर्वदलीय सहमतिमा पार्टीले गरेको ड्राफ्ट पढेर सुनाएका थिए । त्यो ड्राफ्ट बल्खुमा पार्टी अफिस थियो । पार्टी अफिसको चौरीमा एउटा रुद्राक्षको छेवैमा बसेर मैले गरेको थिएँ ।’

ओलीले संसद पुर्नस्थापनाका लागि १७ हजार मार्नुपर्छ भन्दै माओवादीलाई प्रश्न गरे । ‘त्यसकारण माओवादीको उदेश्य अर्कै थियो । सटकट बाटोबाटो सत्तामा पुग्ने, अस्थिरता सिर्जना गर्ने, देशको होइन अरुको भलाई गर्ने के के उदेश्य थिए ती उनीहरु भन्न सक्दैनन’ ओलीने भने ।

माओवादीले त्यसबेला राजतन्त्रसँग कार्यगत एकता रहेको एमाले र काँग्रेससँग शत्रुता रहेको दावी गरे । उनी नेकपा एमाले नेता छविलाल कार्कीको १२औं स्मृतिका अवसरमा काठमाडौमा आयोजित कार्यक्रममा बोल्दैथिए ।

प्रतिक्रिया