चार वर्षको प्रेमपछि नीता र हरिहरले कसे लगनगाँठो
प्रकाशित:
२०७९, २४ असार
काठमाडौं, २४ असार । अभिनेत्री नीता ढुंगाना र अभिनेता समेत रहेका ज्योतिष हरिहर अधिकारीले विवाह गरेका छन् । उनीहरुले आफूहरुको चार वर्ष लामो प्रेम सम्बन्धलाई शुक्रबार विवाहमा परिणत गरेक हुन् ।
नीता र हरिहरको विवाह समारोह दरबारमार्गस्थित याक एण्ड यति होटलमा चलिरहेको छ । विवाह समारोहमा नजिकका आफन्त र परिवारलाई मात्र निम्तो दिइएको छ ।
नीताको विवाहमा फिल्म क्षेत्रका अभिनेत्री रेखा थापा, अनु शाह, सरोज खनाललगायत कलाकार सहभागी छन् । उनीहरूले यही असार २६ गते सोही होटलमा रिसेप्सन पार्टी राखेका छन् । विवाहलगत्तै नीता र हरिहर फिल्म ‘ह्रस्व दीर्घ’मा व्यस्त हुनेछन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
प्रधानमन्त्रीले भने- बीआरआईअन्तर्गत गरिएका सम्झौता अनुसार नेपालले पाउने सबै रकम अनुदान हो
माओवादी बैठक : पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष
दक्षिण कोरियाली राष्ट्रपतिमाथि महाभियोग, आरोप के छ ?
मञ्जु पौडेलको ‘कर्णाली पारीको भिनाजु’ सार्वजनिक
‘एआईले झुटो सूचना ल्याउँछ भन्ने डर सत्य साबित भएको छैन’