जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार
प्रकाशित:
२०७९, २४ असार

काठमाडौं, २४ असार । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । नारा शहरमा आयोजित एक कार्यक्रममा बोल्दै गर्दा उनीमाथि पछाडिबाट गोली प्रहार गरिएको स्थानीय मिडियाले जनाएका छन् । गोली लापछि उनी बेहोस भएका छन् ।
समाचार एजेन्सी एनएचकेका अनुसार आबेलाई पछाडिबाट गोली लागेको थियो र भाषण गर्दागर्दै ढलेका थिए । उनलाई रगताम्मे अवस्थामा देखिएको थियो । उनका आक्रमणकारी हिरासतमा रहेको बताइन्छ ।
टोकियोका पूर्वगभर्नर योइची मासुजोएले एक ट्वीटमा आबे ‘कार्डियोपल्मोनरी अरेस्ट’को अवस्थामा रहेको बताएका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
मिरुना भन्छिन्- अध्ययन र काम गर्ने शैलीमा कहीँकतै तालमेलको अभाव छ
मितेरी पुल बाढीले बगाएपछि कैलाश मानसरोवर जान समस्या
मौद्रिक नीति : नीतिगत दर घट्यो (पूर्णपाठ)
युवालाई प्रधानमन्त्रीको आग्रह- २० वर्ष पुगेपछि विवाह गरेर सन्तान उत्पादनमा लाग्नुस्
सुनचाँदी व्यवसायीद्वारा आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने