निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन नगर्न सर्वोच्चको अन्तरिम आदेश
अखबार टुडे
प्रकाशित:
२०७९, २३ असार

काठमाडौ, २३ असार । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन नगर्न अन्तरिम आदेश दिएको छ ।

नेपाल वायुसेवा निगम ऐन, २०१९ मा निगमको कार्यकारी अध्यक्षलाई निलम्बन गर्ने व्यवस्था नभएको भन्दै बिहीबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेश दिएको हो ।

सरकारले ११ कात्तिक २०७९ मा अधिकारीलाई चार वर्षका लागि कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो । उनलाई निलम्बन गरेको पत्रमा ऐनको दफा २० लाई उदृत गर्दै निलम्बन गरिएको थियो । तर उक्त दफामा सञ्चालकलाई मात्रै निलम्बन गर्ने व्यवस्था रहेको भन्दै सर्वोच्चले कार्यकारी अध्यक्षलाई निलम्बन गर्न नमिल्ने जनाएको छ ।

उनीमाथि छानबिन गर्नुपर्ने भए निलम्बन नगरी छानबिन गर्न सकिने भएकाले निलम्बनको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएको छ ।

प्रतिक्रिया