गठबन्धनलाई अप्ठ्यारोमा पार्ने ठूलो डिजाइन गरियो : प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७९, २३ असार

काठमाडौं, २३ असार । नेकपा माओवादी केन्द्रले चाँडै विशेष महाधिवेशन गर्ने जनाएको छ ।
बिहीबारको केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै विशेष महाधिवेशन गर्ने जानकारी दिएका हुन् ।

उनले भने, ‘छिट्टै विशेष महाधिवेशन गर्नेछौँ । त्यो महाधिवेशनबाट समाजवादी क्रान्तिको योजनालाई नयाँ उचाइमा पुर्याउन नयाँ अभियान चलाउने गरी अघि बढ्छौँ ।’

यस्तै, सत्ता गठबन्धनलाई अप्ठ्यारोमा पार्ने डिजाइनअन्तर्गत अर्थमन्त्रीको विषयलाई उचालिएको उनले दावी गरे । मन्त्री पदबाट राजीनामा दिएर नेता जनार्दन शर्माले षडयन्त्रकारीहरुलाई जवाफ दिएको समेत अध्यक्ष प्रचण्डले बताए ।

‘अर्थमन्त्रीले आफूले केही गरेको छैन भन्नुभएको छ । संसदमा कुरा उठेपछि उहाँले प्रष्ट कुरा राखेर संसदमा नैतिकता प्रदर्शन गर्नुभएको छ’ अध्यक्ष प्रचण्डले भने, ‘यही विषयलाई भ्रमित पार्दै र उचाल्दै राजनीति अप्ठ्यारोमा पार्ने र गठबन्धन अप्ठ्यारोमा पार्ने ठूलो डिजाइन भयो ।’ उनले त्यो डिजाइनलाई त्यागद्वारा जवाफ दिइएको र त्यसबारे कार्यकर्ता र जनतालाई भन्नुपर्ने बताए ।

आर्थिक वर्ष २०७९÷८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले बुधबार मन्त्री पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया