आजको मौसम : देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
अखबार टुडे
प्रकाशित:
२०७९, २३ असार

काठमाडौं, २३ असार । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ । आज बिहान प्रदेश १, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

यस्तै, आज दिउँसो पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

वर्षासँगै पहाडी भू–भागमा भू-क्षय, गेग्रान र खहरे खोलाको बहाव बढ्ने जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन÷यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया