अर्थमन्त्रीमाथि छानविन गर्न ११ सदस्यीय विशेष समिति गठन
प्रकाशित:
२०७९, २२ असार
काठमाडौं, २२ असार । प्रतिनिधिसभाले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि संसदीय विशेष समिति गठन गरेको छ ।
अर्थमन्त्रीले आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको र करको दर हेरफेर गरेको विषयमा बुधबार संसदीय छानबिनका लागि समिति गठन गरेको हो ।
प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय विशेष समिति गठन गरेको जानकारी गराएका छन् । सो समितिले बजेटमा करका दर हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय छनबिन गरी १० दिनभित्र प्रतिनिधिसभामा पेश गर्नुपर्नेछ ।
समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार