युक्रेनमा रुसी सेनाविरुद्ध लड्दालड्दै एक ब्राजिलियन मोडलको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७९, २२ असार

काठमाडौं, २२ असार । रुसी सेनाको आक्रमणमा परी एक ब्राजिलियन मोडल तथा स्नाइपरको मृत्यु भएको छ ।

विभिन्न समाचाहरुमा जनाइएअनुसार रुसी सेनाविरुद्धको लडाइँमा तीन साताअघि मात्र सहभागी भएकी ३९ वर्षीय थालितो डो भालेले युक्रेनमा रुसी मिसाइल आक्रमणमा मारिएकी हुन् ।

उनी विश्वभर मानवीय अभियानमा भाग लिँदै आएकी थिइन् । यसअघि उनी इराकमा आइएसआईएसविरुद्ध लडाइँमा सहभागी थिइन् ।

गत साता उत्तरपूर्वी सहर खार्किभमा रुसी सेनाले प्रहार गरेको मिसाइ उनी बसेको बंकरमा खसेको थियो । रुसले खार्किभमा तीव्र मिसाइल प्रहार गर्दै आएको छ ।

एजेन्सीहरुले जनाएअनुसार आक्रमणमा ब्राजिलका पूर्वसेना डगलस बुरिगोको पनि मृत्यु भएको छ । ४० वर्षीय बुरिगो थालितालाई खोज्न बंकरमा जाने क्रममा मिसाइल हमलामा परेका थिए ।

अन्य लडाकुहरूलाई उदृत गर्दै स्थानीय समाचार एजेन्सीले मिसाइल प्रहार हुँदा उनी मात्रै बंकरमा छुटेको बताएका छन् । रुसविरुद्ध लड्ने निर्णय गर्नुअघि उनले आइएसआईएससँग लडेको युद्धको अनुभूवसहितको एउटा भिडियो युट्युब राखेकी थिइन् । उक्त भिडियोलाई हजारौँले हेरेका थिए ।

प्रतिक्रिया