पूर्वमिस नेपाल सदीक्षाले राहुलसँग कसिन् लगनगाँठो
अखबार टुडे
प्रकाशित:
२०७९, २२ असार

काठमाडौं, २२ असार । पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले विवाह गरेकी छन् । सदीक्षाले आफ्ना प्रेमी राहुल मोक्तानसँग मंगलबार काठमाडौंमा नेवारी परम्पराअनुसार विवाह गरेकी हुन् ।

विवाह समारोहअघि उनीहरुले एक रेष्टुरेन्टमा रिसेप्सन पाटी दिएका थिए । नेवारी चलनअनुसार रिसेप्सनपछिको शुभसाइतमा आफन्त र परिवारको उपस्थितिमा विवाह कार्यक्रम भएको थियो ।

सदीक्षाको विवाह समोरोहमा पूर्वमिस नेपालहरु र हालको मिस नेपालको ब्याच पनि विवाह समारोहमा उपस्थित थिए । काठमाडौंमा जिमखाना सञ्चालन गरिरहेका राहुल र सदीक्षा केही वर्षयतादेखि प्रेमसम्बन्धमा थिए ।

रिसेप्सनमा सेलिब्रिटी, मिडिया उद्यमी र व्यवसायीहरुलाई पनि निम्तो दिइएको थियो । सदीक्षाले हालै डान्सिङ स्टार्स नेपाल रियालिटी शोमा कार्यक्रम प्रस्तोताको भूमिका निर्वाह गरेकी थिइन् ।

प्रतिक्रिया