चीनको सियान शहरमा फेरी लकडाउन
अखबार टुडे
प्रकाशित:
२०७९, २२ असार

काठमाडौं, २२ असार (एजेन्सी) । चीनको पुरानो शहर सियानका केही भागमा फेरी लकडाउन गरिएको छ । कोरोना संक्रमण दर बढ्न थालेपछि फेरी लकडाउन गरिएको हो ।

उक्त शहरमा प्रत्येक दिन १८ जना कोरोनाका नयाँ संक्रमित फेला पर्न थालेका छन् । १ करोड ३० लाख जनसंख्या भएको सियान शहरका व्यापारिक गृह, विद्यालय र रेस्टुरेन्ट एक साताका लागि बन्द हुने भएका छन् ।

गत वर्षको अन्त्यमा ऐतिहासिक शहर सियानमा एक महिना लामो लकडाउन गरिएको थियो । कोभिडको ओमिक्रोन सव भेरियन्टबाट जोगिन लकडाउन गरिएको चीन सरकारले जनाएको छ । यो भेरियन्ट यसअघि अमेरिका र बेलायतमा पनि देखिएको थियो ।

लकडाउनको अवधिभर पव, क्याफे र बारलगायतका सार्वजनिक मनोरञ्जनका स्थलहरु बन्द हुने जनाइएको छ ।

प्रतिक्रिया