तपाइँलाई पोलेको मकै मनपर्छ ? यस्ता छन् हरियो मकै खानुको फाइदा
अखबार टुडे
प्रकाशित:
२०७९, २२ असार

काठमाडौं, २२ असार । पहाडी र हिमाली भेगका सर्वसाधारण खाना होस् वा खाजा सबैमा मकै उपभोग गर्थे र अझै गर्दै आएका छन् । मकै हिमाल र पहाडका मानिसको प्रमुख खाद्यान्न हो ।

तर, पछिल्लो समय परिवेश फेरिएको छ । सडकको पहुँच, क्रयशक्ति र जीवनस्तरमा वृद्धिका कारण पहाडी र हिमाली भेगका बासिन्दाको खाद्यान्नको मुख्य स्रोत मकैको साटो चामल बन्दै गएको छ ।

पोषण र खाद्य सुरक्षाका दृष्टिकोणले सबैभन्दा बढी पौष्टिक खाद्य पदार्थ मकैलाई पहाडी र हिमाली क्षेत्रका बासिन्दाले विस्तारै गाईभैंसी, खसीबोका र कुखुरालाई खुवाउन प्रयोग गर्न थालेका छन् ।

अहिलेको मौसममा मौसम बदलिरहेको छ । वर्षाको मौसममा तपाईँलाई सबैभन्दा बढी के खान मन पर्छ ? प्रायःजसोले वर्षाको मौसममा तातो–तातो पकोडा, कफी वा चिया खान मन पराउँछन् तर बर्षायाममा पोलेको मकै खानुको छुट्टै आनन्द छ । हामी रहरले पोलेको मकै खाने गर्छौँ ।

पोलेको मकै खानुको फाइदा

–पोलेको मकै खानाले दाँत बलियो हुन्छ ।

–मकै खाइसकेपछि त्यसको खोयालाई भाँचेर सुँघ्दा रुघाखोकी निको हुन्छ ।
– त्यति मात्र नभई मकैको खोयालाई सुखाएर जलाएर त्यसको धुँवा सुँघ्नाले पनि रुघाखोकीमा फाइदा पुर्याउँछ । त्यसबाहेक यसले खोकी लागेकोमा पनि निको हुन्छ ।
– पोलेको मकैमा पर्याप्त मात्रामा एन्टी–अक्सीडेन्ट पाइन्छ । जसले बढ्दो उमेरको लक्षणलाई रोक्छ र क्यान्सरसँग पनि लड्नमा मद्दत गर्छ ।
–बच्चाहरुको शारीरिक र मानसिक विकासका लागि पनि पोलेको मकै धेरै नै फाइदाजनक हुन्छ । यसमा कोलेस्ट्रोल नगन्य मात्रामा हुन्छ त्यसैले पोलेको मकै खाँदा मुटुपनि स्वस्थ रहन्छ ।
–मकैमा पर्याप्त मात्रामा फाइबर पाइन्छ जसले पाचन क्रियालाई सन्तुलित बनाउँदछ ।
– पोलेको मकैको सेवनले हड्डी मजबुत हुन्छ । मकैमा पर्याप्त म्याग्नेसियम, आइरन, कपर तथा फोस्फोरस पाइन्छ ।
–मकैको सेवनले मृगौला स्वस्थ राख्न पनि सहयोग गर्दछ ।
–पोलेको मकैको सेवनले कब्जियत, अल्सर तथा पेटको क्यान्सरको जोखिम पनि क मगर्दछ ।
–काँचो मकैलाई छोडाएर गेडा पानीमा भिजाउने अनि अर्को दिन उक्त पानीलाई छानेर पानीमा मिश्री मिलाएर खनाले पिसाब पोल्ने जस्ता समस्या कम हुन्छन् ।
–मकैमा भरपूर मात्रामा एन्टी अक्सिडेन्ट पाइने कारणले गर्दा यसको सेवनले हाम्रो छाला कोमल हुनुका साथै रोग प्रतिरोधी क्षमता बढ्ने र बुढ्यौलीका लक्षण छिटो देखिने समस्या कम हुन्छ । मकैमा भिटामिन सी, क्यारोटिनाइड तथा बायोफ्लेभिनोइड पाइन्छ ।
–मकैको सेवनले रगतमा कोलेस्ट्रोलको मात्रा बढ्नबाट रोक्दछ । यसले रक्तप्रवाहलाई सन्तुलित बनाउने, उच्च रक्तचापको समस्या कम गर्ने तथा मुटुलाई स्वस्थ राख्न सघाउँदछ ।
–गर्भवती महिलाका लागि मकै निकै उत्तम आहार हो । यसमा फोलिक एसिड पर्याप्त पाइने हुनाले गर्भको शिशुका लागि पोषणको पर्याप्त आपूर्ति हुन्छ ।

प्रतिक्रिया