चीनले १४ करोड डलर खर्चेर जिम्बाबेलाई बनाइदियो संसद भवन
अखबार टुडे
प्रकाशित:
२०७९, २२ असार

काठमाडौं, २२ असार (एजेन्सी) । चीनले अफ्रिकी मुलुक जिम्बाबेमा नयाँ संसद भवन बनाइदिएको छ ।

राजधानी हरारेदेखि १८ किलोमिटर उत्तर पश्चिममा पर्ने माउन्ट हाम्पडेनमा चीनले १४ करोड डलर खर्चेर संसद भवन बनाइदिएको हो ।

उक्त रकम चीनले अनुदानका रूपमा जिम्बाबेलाई दिएको बताइएको छ । साउथ चाइना मर्निङका अनुसार चीनले बनाइदिएको संसद भवन ६५० सिटको छ ।

जिम्बाबेमा यसअघि उपनिवेशकालीन संसद भवन थियो। ३५० सदस्यीय संसदका लागि उक्त भवन निकै साँघुरो भएको थियो ।

सांघाई कन्स्ट्रक्सन ग्रुपले बनाएको उक्त भवन निर्माणको काम ४२ महिनामा सकिएको हो । पछिल्लो समय चीनले अफ्रिकी मुलुकसँगको सम्बन्ध, सहकार्य र सहयोगलाई कसिलो बनाउँदै लगेको छ ।

जिम्बाबेका अधिकारीहरूले चीनले बनाइदिएको संसद भवन दुई देशको सम्बन्धमा कोशेढुंगा सावित हुने अपेक्षा गरेका छन् । संसद भवन बनेको ठाउँमा नयाँ शहर बसाउने जिम्बाबे सरकारको योजना रहेको छ ।

प्रतिक्रिया