सानिमा बैंक र अन्नपूर्ण केबलकारबीच यस्तो छ समझदारी
अखबार टुडे
प्रकाशित:
२०७९, २२ असार

काठमाडौ । सानिमा बैंक र अन्नपूर्ण केबलकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीअन्तर्गत बैंकका ग्राहकले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको mobile banking बाट Debit/Credit card वा QR code Scan मार्फत् रकम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

उक्त समझदारी पत्रमा सानिमा बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख सुदिप कुमार हलवाई र अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलज्यूले हस्ताक्षर गरेका छन् ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा ए.टि.एम्. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट\क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्तालाई विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ । विस्तृत विवरण बैंकको वेबसाइट जततउकस्ररधधध।कबलष्mबदबलप।https://www.sanimabank.com/products/cards/discount-outlets मा उपलब्ध छ

प्रतिक्रिया