भारतीय दूतावासका सुरक्षाकर्मीद्वारा आफैंलाई गोली हानी हत्या
प्रकाशित:
२०७९, २० असार

काठमाडौं, २० असार । काठमाडौंस्थित भारतीय दूतावासमा कार्यरत एक सुरक्षाकर्मीले आफैंलाई गोली हानेका छन् ।
दूतावास सुरक्षार्थ तैनाथ निजी सुरक्षा गार्ड ३२ वर्षीय दीपक सिंहले सोमबार विहान ९ बजेतिर आफूसँग रहेको इन्सास राइफलले आफैंलाई गोली हानेका हुन् ।
घटनाबारे सूचना पाएलगत्तै त्यसबारे बुझ्न काठमाडौं उपत्यका अपराध अनुसन्धानका एसपी दीनेश आचार्य दूतावास पुगेका थिए ।
घटनास्थल दूतावासभित्रै भएका कारण भारतीय पक्षले नै त्यसको अनुसन्धान गरी शव व्यवस्थापन गर्ने तयारी गरेको छ । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
