राष्ट्रपतिद्वारा तीन नयाँ मन्त्री नियुक्त, राजेन्द्र श्रेष्ठलाई निरन्तरता
अखबार टुडे
प्रकाशित:
२०७९, २० असार

काठमाडौं, २० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन नयाँ मन्त्री नियुक्ति गरेकी छ्न ।
सोमबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले जसपाका तीन नयाँ मन्त्री नियुक्ति गरेकी हुन् ।

जसपाबाट कृषि तथा पशुपन्छी विकास मन्त्रीमा मेगेन्द्रकुमार सिंह यादव, भौतिक पुर्वाधार तथा यातायातमा मोहम्मद इस्तियाक राई र वन तथा वातावरणमा प्रदीप यादवलाई नियुक्त भएका छन् ।

अपरान्ह साढे ४ बजे राष्ट्रपति कार्यालयमा नयाँ मन्त्रीहरूको सपथ हुने राष्ट्रपति कार्यालयले जनाएको छ । उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाइने छिन् ।

जसपाले भौतिक पूर्वाधार मन्त्री रेनु यादव, वनमन्त्री रामसहाय यादव र कृषि मन्त्री महिन्द्र राय यादवलाई फिर्ता बोलाएको थियो । जसपाले अहिले सरकारमा रहेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिएको छ ।

प्रतिक्रिया