श्रीलंकामा यातायात ठप्प, अब १ दिनलाई मात्र पुग्ने इन्धन
अखबार टुडे
प्रकाशित:
२०७९, २० असार

काठमाडौं, २० असार । श्रीलंकामा अब एक दिनलाई मात्र पुग्ने इन्धन बाँकी रहेको बताइएको छ । आर्थिक संकट गहिरिएसँगै ऊर्जा मन्त्रीले उक्त जानकारी दिएका हुन् । तेल अभावले सार्वजनिक यातायात ठप्प छ । राजधानीमा पेट्रोल र डिजेल भर्ने सवारी साधनको लामो लाइन देख्न सकिन्छ ।

यद्यपि, अधिकांश पम्पिङ स्टेसनहरु केही दिनयता इन्धनविहीन छन् । ऊर्जामन्त्री कञ्चना विजेसेखेराले मुलुकमा करिब ४ हजार टन पेट्रोलको भण्डार रहेको र त्यो एक दिनको खपतभन्दा केही कमी भएको स्थानीय सञ्चार माध्यमलाई बताएका छन् ।

अर्को पेट्रोल ढुवानी २२ र २३ जुलाईको बीचमा हुने उनले अपेक्षा गरेका छन् । टाट पल्टिएको श्रीलंकाले आपतकालीन अवस्थामा बाहेक सबै इन्धन बिक्रीमा दुई हप्ताका लागि रोक लगाएको थियो ।

प्रतिक्रिया