चावहिलमा खुल्यो ‘नेशनल फिल्म एण्ड टीभी स्कुल’, अभिनेता हमाल र नीति शाहले गरे उद्घाटन
अखबार टुडे
प्रकाशित:
२०७९, १९ असार

काठमाडौं, १९ असार । काठमाडौंको चाबहिलमा ‘नेशनल फिल्म एण्ड टीभी स्कुल’ सञ्चालनमा आएको छ ।

उक्त स्कुलको अभिनेता राजेश हमाल, मोडल नीति शाह र आईआईएफटी (स्कूल अफ फेसन एण्ड इन्टेरियर)का निर्देशक एवं कोरियोग्रापÞmर बिपना थापा लगायतले शनिबार संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

‘नेशनल फिल्म एण्ड टीभी स्कुल’मा फिल्मका सम्पूर्ण विधा र व्यक्तित्व विकासको पढाइसमेत हुने जनाइएको छ ।
उद्घटन कर्यक्रममा उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा र अभिनेता पुष्प खड्काको पनि उपस्थिति थियो । उद्घाटन कार्यक्रममा बोल्दै अभिनेता हमालले फिल्म अध्ययनतर्फ देखिएको युवापुस्ताको आकर्षणले सकारात्मक भविष्यको संकेत गर्ने बताए ।

उनले भने, ‘हाम्रो पालामा फिल्म अध्ययन गर्ने औपचारिक स्कुल र कलेज थिएनन् । तर, अहिले फिल्म अध्ययनका लागि स्कुलहरु खुल्न थालेका छन् । यो युवापुस्ताका उत्साहजनक हो ।’

कार्यक्रममा भीवाईएफ टक्सको पनि शुभारम्भ गरिएको थियो । भीवाईएफ टक्सका प्रमुख दशरथ सुनारका अनुसार उक्त स्कुलमा व्यक्तित्व र नेतृत्व सीपका कोर्सको पढाइ हुने बताए । आइतबारदेखि नै स्कुलको औपचारिक सुरुवात भएको छ ।

प्रतिक्रिया