परराष्ट्र मन्त्रालयले भन्यो- ‘एसपीपीमा सहभागी नहुने पत्रचार उपयुक्त समयमा पठाउछौं’
प्रकाशित:
२०७९, १९ असार
काठमाडौं, १९ असार । परराष्ट्र मन्त्रालयले अमेरिकी स्टेट पाटनर्सिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने विषयमा अमेरिकालाई उपयुक्त समयमा पत्रचार गर्ने जनाएको छ ।
परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले यस विषयमा अध्ययन भैरहेको बताइन् । ‘यस बारेमा अध्ययन भैरहेको छ । उपयुक्त समयमा नेपाल सरकारको निर्णयलाई डिप्लोम्याटिक च्यानलबाट पत्राचार गर्छौं । ढुक्क हुनुहोस्, लम्सालले भनिन् ।’
उनले एसपीपीको विषयमा सरकारले गरेको निर्णय प्राप्त भएको बताए । सरकारले असार ६ गते एसपीपी कार्यक्रममा संलग्न नहुने निर्णय गर्नै परराष्ट्र मन्त्रालयमार्फत अमेरिकालाई जानकारी गराउने निर्णय गरेको थियो ।
अमेरिकाको युटा राज्यस्थित नेसनल गार्ड र नेपाली सेनाबीच साझेदारीको विषय बाहिरिएपछि त्यसले ठूलो राजनीतिक विवाद सिर्जना गरेको थियो ।
प्रतिक्रिया