अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा
अखबार टुडे
प्रकाशित:
२०७९, १९ असार

काठमाडौं, १९ असार । अमेरिकी डलरको नेपाली विनिमय दर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाली डलरको भाउ उकालो लागेको हो ।

नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १ सय २६ रुपैयाँ १८ पैसा र बिक्रीदर १ सय २६ रुपैयाँ ७८ पैसा कायम छ । केही समययता अमेरिकी डलको भाउ लगातार उकालो लागेको छ ।
यसभन्दा अघि गत जुलाई १ मा डलर एकको खरिद दर १ सय २६ रुपैयाँ ६ पैसा र बिक्रीदर १ सय २५ रुपैयाँ ६६ पैसा थियो ।

त्यस्तै युरोपियन युरो एकको खरिद १ सय ३१ रुपैयाँ ९० पैसा र बिक्री १ सय ३२ रुपैयाँ ५२ पैसा तोकिएको छ । आज अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८६ रुपैयाँ १६ पैसा तोकिएको छ ।

कुवेती दिनार एकको खरिददर ४११ रुपैयाँ ११ पैसा र बिक्रीदर ४१३ रुपैयाँ ०७ पैसा तोकिएको छ । बहराइन दिनार एकको खरिददर ३३४ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३३६ रुपैयाँ २७ पैसा कामय गरिएको छ ।

प्रतिक्रिया