सुटकेशको ह्याण्डिल नै सुनको भेटिएपछि….
अखबार टुडे
प्रकाशित:
२०७९, १८ असार

काठमाडौं, १८ असार । थाइल्यान्डबाट आएका एक नेपाली यात्रुले सुटकेसको ह्यान्डल नै सुनको बनाएर ल्याएको पाइएको छ ।
शुक्रबार नेपाल एयरलाइन्समार्फत नेपाल आएका राकेश तुलाधरलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो ।

उनले प्रयोग गरेको सुटकेसलाई भन्सार अधिकृतले चेकजाँच गर्ने क्रममा सुटकेस उचाल्न प्रयोग हुने ह्यान्डलको साइडभित्र शंकास्पद धातु रहेको पाइएपछि सुटकेस च्यातेर हेर्दा करिव ५ इन्च लम्बाइ र १ इन्च चौडाइ भएको सुन फेला परेको प्रहरीले जनाएको छ ।

उक्त सुनको कुल तौल २६७.४ ग्राम रहेको बताइएको छ । घटनामा तुलाधर मात्र संलग्न छन् या अन्यको पनि संलग्नता छ भन्ने विषयमा अनुसन्धान भइरहेको भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया