महानायक राजेश हमालले भेटे प्रचण्डलाई
अखबार टुडे
प्रकाशित:
२०७९, १७ असार

काठमाडौं, १७ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र महानायक राजेश हमालबीच भेटवार्ता भएको छ ।

आज बिहान खुमलटारस्थित प्रचण्ड निवासमा भेटवार्ता भएको हो । सो क्रममा राजनीतिक, नेपाली चलचित्र क्षेत्रका समस्या र समाधानका उपाय लगायतका समसामायिक विषयमा कुराकानी भएको सहभागी संगीतकार चेतन सापकोटाले जानकारी दिए ।

सामूहिक भेटवार्तापछि प्रचण्ड र राजेश हमालमात्र बसेर छलफल गरेका थिए । एक्लाएक्लै भएको भेटमा भएको कुराकानीको विषय सार्वजनिक भएको छैन ।

चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि आकांक्षीहरु शक्ति केन्द्र धाइरहेको बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया