मुख्यमन्त्रीविरुद्ध माओवादी र कांग्रेसको हस्ताक्षर संकलन
प्रकाशित:
२०७९, १६ असार
मकवानपुर, १६ असार । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेवीरुद्ध सत्तारुढ गठबन्धनकै नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदले हस्ताक्षर संकलन सुरु गरेका छन् ।
मुख्यमन्त्री पाण्डेले सहजै मुख्यमन्त्री नछाड्ने बताएपछि कांग्रेस र माओवादीले आफ्ना सांसदको हस्ताक्षर संकलन गर्न सुरु गरेका हुन् ।
चुनावी सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने समझदारीमा नेकपा एकीकृत समाजवादी नेता पाण्डे मुख्यमन्त्री बनेका थिए । बजेट पास भएपछि पूर्वसहमतिअनुसार नै नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ सत्तारोहणको तयारीमा छन् ।
मुख्यमन्त्री पाण्डेले केन्द्रको निर्देशनपछि मात्र पछाडि हट्ने भएपछि हस्ताक्षर संकलन गरिएको एक सांसदले बताए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
प्रधानमन्त्रीले भने- बीआरआईअन्तर्गत गरिएका सम्झौता अनुसार नेपालले पाउने सबै रकम अनुदान हो
माओवादी बैठक : पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष
दक्षिण कोरियाली राष्ट्रपतिमाथि महाभियोग, आरोप के छ ?
मञ्जु पौडेलको ‘कर्णाली पारीको भिनाजु’ सार्वजनिक
‘एआईले झुटो सूचना ल्याउँछ भन्ने डर सत्य साबित भएको छैन’