एमाले अध्यक्ष ओली र बामदेव गौतमबीच के-के भयो कुराकानी ?
अखबार टुडे
प्रकाशित:
२०७९, १६ असार

काठमाडौं, १६ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच भेटवार्ता भएको छ ।

अध्यक्ष ओलीलाई भेट्न संयोजक गौतम आज बिहान बालकोटस्थित ओली निवास गएका थिए । भेटवार्तामा ओली र गौतमबीच वाम एकीकरणको विषयमा छलफल भएको बताइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेका अनुसार सकेसम्म वाम एकीकरण नभए चुनावी मोर्चा निर्माण गर्ने प्रयासले गौतमले ओलीलाई भेटेका हुन् ।

नेकपा एमाले र माओवादी केन्द्रको एकता पछि बनेको नेकपा भंग भएर दुई पार्टी पूर्ववत अवस्थामा फर्किएपछि गौतम तटस्थ बसेका थिए । तर, उनले फेरि पनि कम्युनिष्ट एकताको प्रयास अभियानमा लागेका छन् ।

मंगलबार नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गौतमले ३ महिनासम्म कम्युनिष्ट एकताका लागि पहल गर्ने र एकता प्रयास सफल नभए नयाँ दल दर्ताको प्रक्रियामा जाने बताएका छन् । अभियान अन्तर्गत नै गौतमले मंगलबार नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए ।

प्रतिक्रिया