बाढीका कारण विराटनगरका १५ सय घर परिवार विस्थापित, एक जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७९, १४ असार

काठमाडौं, १४ असार । अविरल वर्षाका कारण आएको बाढीले विराटनगरमा १५ सय घर परिवार विस्थापित भएका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालका अनुसार विराटनगरको वडा नम्बर १, २, ४, ६, ७, ८, ११, १२, १६ र १९ नम्बर वडाका १ हजार ५ सय घरपरिवार डुबानमा परेको हो ।

सुनवर्षी नगरपालिका, केराबारी गाउँपालिका, बेलबारी नगरपालिका, कटहरी गाउँपालिका, ग्रामथान र बुढीगंगा गाउँपालिकाका कतिपय वस्तिहरु पनि बाढीका कारण कटान र डुबानको समस्यामा परेको दाहालले बताए ।

जसका कारणले सयौं घर परिवार विस्थापित भएका छन् । उनीहरुलाई उद्धार र राहतको काम अहिले पालिकाहरुले गरिरहेको र जिल्ला प्रशासन कार्यालयले दैवि प्रकोप उद्धार समितिको आकस्मिक बैठक बोलाएको उनले बताए ।

यस्तै सुन्दरहरैचा ६ गछिया खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैचा ६ कै ५८ वर्षीय रामबहादुर विक हुन् ।

प्रतिक्रिया