सपिङ मलमा रुसी आक्रमण- क्षेप्यास्त्रबाट १६ युक्रेनीको मृत्यु, ५९ घाइते (तस्बिर)
अखबार टुडे
प्रकाशित:
२०७९, १४ असार

काठमाडौं, १४ असार (एजेन्सी) । सोमबार दुई रूसी क्षेप्यास्त्रहरूले युक्रेनी शहर क्रेमेन्चुकको व्यस्त किनमेल केन्द्रमा आक्रमण गरेको थियो ।

जहाँ क्षेत्रीय गभर्नरका अनुसार १६ व्यक्तिको मृत्यु छ भने ५९ जना घाइते भएका छन् । आक्रमणपछि ठूलो आगो र बाक्लो धुवाँ आकाशमा देख्न सकिन्छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले उक्त क्षेप्यास्त्र आक्रमण हुँदा एक हजार बढी मानिसहरू किनमेल केन्द्रमा थिए ।

जेलेन्स्कीले फेसबुकमा लेखेका थिए, ‘मलमा आगो लागेको छ, उद्धारकर्ताहरू आगो निभाउने क्रममा छन् । पीडितहरूको संख्या कल्पना गर्न असम्भव छ । रूसबाट समानुभूति र शिष्टताको आशा गर्नु व्यर्थ छ ।’

रुसले नागरिकलाई निशाना बनाएको कुरा अस्वीकार गरेको छ ।

प्रतिक्रिया