अमेरिकाको टेक्ससमा ट्रकभित्र ४६ जना आप्रवासी मृत भेटिए
अखबार टुडे
प्रकाशित:
२०७९, १४ असार

काठमाडौं, १४ असार । अमेरीकाको टेक्ससस्थीत सान एन्टोनियोमा एउटा ट्रकभित्र कम्तीमा ४६ जनाको शव भेटिएको छ । उनीहरू सबै आप्रवासी भएको अनुमान गरिएको छ ।

स्थानीय सञ्चार माध्यमका अनुसार फरक फरक स्वास्थ्य अवस्था रहेका कम्तीमा १६ जनालाई अस्पताल लगिएको छ । केएसएट टेलिभिजन च्यानलका अनुसार उक्त ट्रक एउटा रेलको पटरी नजिकै फेला परेको बीबीसीले जनाएको छ ।

सामाजिक सञ्जालमा देखिएका तस्बिरहरूमा एउटा ठूलो ट्रकको वरिपरी आपत्कालीन सेवामा खटिने कैयौँ कर्मचारीहरू देख्न सकिन्छ । द न्यूयोर्क टाइम्सका अनुसार सान एन्टोनियोका प्रहरीले घटनास्थलबाट भागेका सवारी चालकको खोजी गरिरहेका छन् ।

सान एन्टोनियो अमेरिका र मेक्सीकोको सीमाबाट झन्डै २५० किलोमिटरको दूरीमा अवस्थित छ । टेक्ससका गभर्नर ग्रेग याबटले ती मृत्युको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोष दिएका छन् । उनले मृत्युलाई बाइडनको घातक खुला सीमा नीतिको परिणामका रूपमा व्याख्या गरे ।

मेक्सिकोका विदेशमन्त्रीले आफ्ना एक सरकारी कर्मचारी घटनास्थल तर्फ जाँदै गरेको तर हालसम्म मृत्यु भएकाहरूको कुन देशका हुन भनेर थाहा भई नसकेको बताए ।

प्रतिक्रिया