
काठमाडौं, १४ असार । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ राजनीतिक दल खोल्ने बताएका छन् । नयाँ पार्टी घोषणा गर्न गौतमले मंगलबर (आज) पत्रकार सम्मेलन गर्दैछन् ।
आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर उनले नयाँ दलको घोषणा गर्ने एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए ।
नेकपा विभाजितपश्चात् छुट्टै अभियानमा रहेका गौतमले आफू पक्षधरको भेला गर्दै आएका थिए । नेकपालाई पुर्नजिवित गर्ने प्रयासमा रहेका उनी पानी एकीकरण हुने अवस्था नबनेपछि नयाँ दल गठन गर्न लागेका छन् ।
गत प्रतिनिधिसभा चुनावमा बर्दियाबाट पराजित गौतमलाई तत्कालीन नेकपा सरकारले राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य नियुक्त गरेकी थिइन् ।
एमाले र नेकपामा हुँदा गौतम उपाध्यक्ष थिए । २०५४ साल एमाले विभाजन गरेर उनी नेकपा (माले) का महासचिव बनेका थिए ।
