जनताको सेवामा ध्यान केन्द्रित गर्नेछु : स्वास्थ्यमन्त्री भवानी खापुङ
अखबार टुडे
प्रकाशित:
२०७९, १३ असार

काठमाडौं, १३ असार । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले आगामी दिनमा जनताको सेवालाई सर्वसुलभ र प्रभावकारी बनाउन ध्यान केन्द्रित गर्ने बताएका छन् ।

सोमबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेपछि मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री खापुङले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनलाई निवर्तमान स्वास्थ्यमन्त्री विरोध खतिवडा र कर्मचारीले मन्त्रालयमा स्वागत गरेका थिए ।

कोरोनाकालमा निकै समस्या भएको र महामारीबाट सहजता ल्याउन सफल भएको धारणा राख्दै स्वास्थ्य क्षेत्रमा जनतालाई दिइने सुविधामा पनि पछिल्लो समय नेपालमा सुधार भएको उनको भनाई छ ।

मन्त्री खापुङले आगामी दिनमा विकट स्थानमा सानातिना रोगको उपचार नपाउने अवस्थाको अन्त्य गरिने बताए । यसअघि उनी स्वास्थ्य राज्यमन्त्री थिए । नेकपा एकीकृत समाजवादीले यसअघि सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री सरकारमा पठाएको हो ।

प्रतिक्रिया