किनमेल गर्न भारतीय बजार गएका दाङका २ युवतीमाथि सामूहिक बलात्कार, ४ जना लुटिए
अखबार टुडे
प्रकाशित:
२०७९, १३ असार

काठमाडौं, १३ असार । किनमेलका लागि छिमेकी मुलुक भारततर्फ गएका दुई नेपाली महिलाको जंगलमै सामूहिक बलात्कार भएको छ ।

दाङको राजपुर गाउँपालिकाकाका ती नेपाली महिला किनमेलका लागि आइतबार भारतको मनिपुर बजारतर्फ जंगलको बाटो हुँदै जाने क्रममा भारतीय नागरिकबाट सामूहिक बलात्कारमा परेका हुन् ।

दाङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार एक १८ वर्षीया युवती र अर्की एक विवाहित महिलामाथि भारतीय युवकहरूले आइतबार बिहान ११ बजेतिर सामूहिक बलात्कार गरेकोे हो ।

६ जना युवती भारतीय बजार जाँदै गरेकामा दुई जना बलात्कृत भएको र चार जनालाई भारतीय युवकले धम्काउँदै सरसामान लुटेको प्रहरीले जनाएको छ ।

भारतीय प्रहरीले चार भारतीय युवकलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको प्रहरी प्रवक्ता रिजालको भनाइ छ । उनीहरूमाथि के÷कति लुटपाट भयो भन्ने बारेमा यकिन भइनसकेको बताए ।

घटना भारतीय भूमिमा भएको हुँदा पीडित नेपाली महिलाले भारतीय प्रहरीमा एफआइआर दर्ता गरेको हुँदा अनुसन्धान तथा कारबाहीको काम पनि भारतीय प्रहरीले नै गर्ने दाङका प्रहरी प्रवक्ता रिजालले बताए ।

प्रतिक्रिया