मन्त्रिपरिषद पुनर्गठन, यी हुन् एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु
अखबार टुडे
प्रकाशित:
२०७९, १२ असार

काठमाडौं, १२ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री देउवाले नेकपा एकीकृत समाजवादीका मन्त्रीहरू हेरफेर गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

पुनर्गठित मन्त्रिमण्डलमा सहरी विकास मन्त्रीमा मेटमणी चौधरी, पर्यटन मन्त्री जीवनराम श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानीप्रसाद खापुङ, श्रममन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई नियुक्त गरेको हो । यसअघि आइतबार नै एकीकृत समाजवादीका चार मन्त्रीले राजीनामा दिएका थिए ।

रामकुमारी झाक्री, प्रेम आले, किसान श्रेष्ठ, विरोध खतिवडाले राजीनामा दिएका थिए । नवनियुक्त मन्त्रीहरूको सोमबार बिहान ११ बजे सपथ ग्रहण हुने जनाइएको छ।

प्रतिक्रिया