काठमाडौं उपत्यकाका ९ ठाउँमा देखियो हैजा, महामारीकै रुपमा फैलनसक्ने
अखबार टुडे
प्रकाशित:
२०७९, १२ असार

काठमाडौं, १२ असार । काठमाडौं उपत्यकाका ९ ठाँउमा हैजा देखिएको छ । नैकाप र पाटनमा थप एक–एक जना हैजाका बिरामी भेटिए सँगै उपत्यकाका ९ ठाउँमा फैलिएको हो ।

योसँगै हैजाका बिरामीको संख्या १० पुगेको बताइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अनुसार यसअघि बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटका मानिसमा हैजा पुष्टि भइसकेको छ ।

जनस्वास्थ्यविद्हरुले संक्रमणको स्रोत पत्ता नलाग्नु वा धेरै स्थानमा हैजाका बिरामीका देखा पर्नु हैजा महामारीकै रुपमा फैलनसक्ने पूर्वसंकेत देखिएको बताएका छन् ।

असार २ गते टेकु अस्पतालमा भर्ना भएका दुई बिरामीमा परीक्षण गर्दा हैजाको जीवाणु फेला परेको थियो । उनीहरू दुबै जना बागबजारस्थित एकै परिवारका थिए । पछि परीक्षण गर्दा बागबजारको पानीमै हैजाको जीवाणु भेटिएको थियो ।

प्रतिक्रिया