ललितपुर महानगरद्वारा पानीपुरी र चटपट बिक्री गर्न प्रतिबन्ध
प्रकाशित:
२०७९, १२ असार
ललितपुर, १२ असार । ललितपुर महानगरपालिकाले पानीपुरी र चटपट बेच्न रोक लगाएको छ ।
पानीपुरी बनाउन प्रयोग गरिएको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै महानगरले आजदेखि पानीपुरी र चटपट बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको हो ।
पानीपुरी नबेच्न आग्रह गर्दै नगर प्रहरीले आइतबार माइकिङ गरेर जानकारी दिइरहेका छन् । र कसैले पानीपुरी र चटपटे बिक्री वितरण गरेको पाइएमा कारबाहीको चेतावनी पनि दिएको छ ।
नगर प्रहरी प्रमुख सीताराम हाथेछुका अनुसार पानीपुरीमा प्रयोग गरिने पानी दूषित र हैजाका जीवाणु मिसिएको हुन सक्ने भएकोले बिक्री वितरणमा रोक लगाउनुपरेको हो । यस्तै रेष्टुरेन्ट र होटलमा राखिएको पानीपुरी पनि बेच्न नदिने बताए ।
यसअघि काठमाडौंको बागबजार क्षेत्रमा बसोबास गर्ने दुई जनामा हैजाको जीवाणु देखिएको थियो । त्यस क्षेत्रका पानीका स्रोतमा हैजाको जीवाणु रहेको पाइएको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार