महोत्तरीमा १९ तोला सुन चोरी
प्रकाशित:
२०७९, १२ असार

जनकपुरधाम, १२ असार । महोत्तरीको जलेश्वर नगरपालिका–६ मा एक समूहले १९ तोला सुन चोरी गरेका छन् ।
स्थानीय दिलीपकुमार मिश्रको घरबाट सुन, १५ तोला चाँदीका गहनासहित करिब २० लाख बराबरको धनमाल चोरी भएको हो ।
प्रहरीका अनुसार मिश्रको परिवार असार ६ गते बिबाहका लागि भारतको बिहार राज्यको मुज्जफरपुरस्थित आफन्तको घरमा गएका थिए । सोही बेला घरमा भएका गहना, ल्यापटप र मोबाइल चोरी भएको हो । घरको ताल्चा फुटाएर चोरी गर्ने समूहको खोजी भइरहेको महोत्तरी प्रहरीले बताएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
