पोखराको सुइँखेत डुबानमा, ढेड सय घरपरिवारको उद्धार
अखबार टुडे
प्रकाशित:
२०७९, ११ असार

पोखरा, ११ असार । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण पोखरा वडानम्बर २५ का विभिन्न ठाउँमा पहिरो जानुका साथै बस्ती डुबानमा परेका छन् ।

पहिरोले त्यहाँ रहेका विभिन्न गाई तथा पशु फार्म बगाउँदा २५ भन्दा बढी खसी बाख्रा पुरिएको वडाध्यक्ष मोतिलाल तिमिल्सिनाले जानकारी दिए । उनका पोखरा २५ हेम्जाको सुइँखेत क्षेत्रमा पानी जम्दा बस्ती डुबानमा परेको छ ।

उनले भने, ‘यो बस्तीमा करिब ढेडसयभन्दा बढी घर छन् । ती सबै डुबानमा परेका छन् । टोलबासीहरूलाई उद्धार गरिएको छ । उनीहरुको कोही आफन्तकोमा गएका छन् भने कोहीलाई मन्दिरमा राखिएको छ ।’ पोखरा २५ क्षेत्रमै गएको पहिरोले १२ वटा घर क्षति पु¥याएको उनले भने बताए ।

प्रतिक्रिया