कम्युनिष्ट पार्टी विदेशीसामु लम्पसार पर्दैन: अध्यक्ष नेपाल
अखबार टुडे
प्रकाशित:
२०७९, १० असार

काठमाडौं, १० असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरु विदेशीसामु लम्पसार नपर्ने बताएका छन् ।

शुक्रबार पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट पार्टीहले देशभक्तिलाई महत्व दिने र विदेशीसामु झुक्न नसक्ने बताएका हुन् ।

अध्यक्ष नेपालले भने, ‘हाम्रो दिमागमा तीन वटा कुरा सदैव रहनुपर्छ । आफ्नो देश, राष्ट्र, राष्ट्रप्रतिको समर्पण भाव, देशभक्तिको भावना यसबाट हामी विचलित हुन सक्दैनौँ । कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनले देशभक्तिलाई महत्त्व दिन्छ । विदेशीहरुको सामु लम्पसार पर्दैन । विदेशीहरुका सामु घुँडा टेक्दैन । विदेशीका इसारामा नाच्दैन । विदेशीहरुको स्वादमा चल्दैन । आफ्नो देश, आफ्नो राष्ट्र, राष्ट्रियताको रक्षा, राष्ट्रको मर्यादामा रहने कुरालाई केन्द्रविन्दुमा राख्छ ।’

अध्यक्ष नेपालले स्थानीय तहको चूनावपछि शक्ति सन्तुलनको तस्बिर स्पष्ट देखिएको बताए । उनले चूनावपछि देखिएको अवस्था, पार्टीको नीति र निर्णयका बोरमा आवश्यक समीक्षा गर्नुपर्ने देखिएकोसमेत औँल्याए ।

प्रतिक्रिया