यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
अखबार टुडे
प्रकाशित:
२०७९, १० असार

काठमाडौं, १० असार । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै अमेरिकी एक डलरको खरिद दर १२४रुपैयाँ ९९ पैसा र बिक्री दर १२५ रुपैयाँ ५९ पैसा रहेको छ । युरो एकको खरिद दर १३१ रुपैयाँ ४८ पैसा र बिक्री दर १३२ रुपैयाँ ११ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ५८ पैसा र बिक्री दर १५३ रुपैयाँ ३१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ २१ पैसा र बिक्री दर ३४ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया