चीनले भन्यो- नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिप्रतिको प्रतिबद्धतालाई समर्थन गर्छौं
अखबार टुडे
प्रकाशित:
२०७९, १० असार

काठमाडौं, १० असार । नेपालले अमेरिकी एसपीपी अस्वीकार गरेकामा चीन सरकारले प्रशंसा गरेको छ । बिहीबार बेइजिङमा भएको नियमित पत्रकार ब्रिफिङमा चिनियाँ सरकारको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले चीन सरकारको तर्फबाट यस्तो धारणा व्यक्त गरेका हुन् ।

नियमति पत्रकार सवालजवाफका क्रममा चाइना डेलीका पत्रकारले प्रवक्ता वेनबिनलाई नेपालको हालै बसेको मन्त्रिपरिषद्को बैठकले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अगाडि नबढाउने निर्णयमा सरकारको धारणा सोधेका थिए ।

जवाफमा विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘हामीले नेपालमा स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी)लाई लिएर व्यापक विवाद भएको घटनामाथि नजर राखेको छ ।’ प्रवक्ता बेनबिनले ‘एसपीपीलाई नेपालका विभिन्न राजनीतिक दल र गुट, नेपाल सरकार, नेपाली सेना र नेपाली समाजका विभिन्न तप्काले एसपीपीलाई इन्डो–प्यासिफिक रणनीतिसँग घनिष्ट रूपमा जोडिएको सैन्य र सुरक्षा पहलका रूपमा बुझे ।’

एसपीपीका केही बुँदा नेपालको राष्ट्रिय हित तथा लामो समयदेखि देशले अंगिकार गरिरहेको असलग्न , सन्तुलित परराष्ट्र नीतिविरुद्ध हुने देखे । यसैले नेपालको मन्त्रिपरिषद् बैठकले एसपीपीमा अगाडि नबढ्ने निर्णय गरेको’ कुरालाई नोट गरेको पनि बताए ।

यी सबैलाई ध्यान दिएर नेपालको मित्रवत र नजिकको छिमेकी तथा रणनीतिक सहयोगी साझेदार भएकाले चीनले नेपाल सरकारको निर्णयको प्रशंसा गर्ने वेनबिनले स्पष्ट पारे ।

अन्तिममा प्रवक्ता वेनबिनले नेपाल चीनको मित्रताको प्रगाढता दर्साउँदै भने–‘चीनले नेपालको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डतालाई कायम राख्न सहयोग गरिरहन । र साथमा नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिप्रतिको प्रतिबद्धतालाई समर्थन गर्छौं । चीन क्षेत्रीय सुरक्षा, स्थायित्व र साझा समृद्धिको रक्षाका लागि नेपालसँग सहकार्य गर्न तयार छ ।

प्रतिक्रिया