वायुसेवा निगममा नवनियुक्त महाप्रबन्धक ज्यारचनलाई स्वागत (फोटोफिचर)
प्रकाशित:
२०७९, ९ असार

- तस्बिर : हरि गोपाल प्रधान
काठमाडौं, ९ असार । नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा बरिष्ठ क्यापटेन दीपुराज ज्वारचन नियुक्त भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले मन्त्रिस्तरीय निर्णय गरी क्यापटेन दीपुराज ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरेका हुन् । महाप्रबन्धक ज्वारचनले बिहीबार नै कार्यभार सम्हालेका छन् ।

प्रशिक्षक पाइलटको जिम्मेवारीमा समेत रहेका दिपुराज विगत १३ वर्षदेखि निगमको व्यवस्थापकीय जिम्मेवारीमा छन् । यसअघि उनी अप्रेशन डाइक्टरका रुपमा समेत काम गरिसकेका हुन् ।

महाप्रबन्धन ज्वारचनलाई निगमका निर्देशक जनकराज कालाखेती र कर्मचारीले स्वागत गरेका थिए । महाप्रबन्धकमा ज्वारचन नियुक्त भएसँगै निगम सुधार हुने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया
सम्बन्धित समाचार
