डिजिटल पेमेन्ट सेवा ‘शेर्वो-पे’ बजारमा आउँदै
अखबार टुडे
प्रकाशित:
२०७९, ९ असार

काठमाडौं, ९ असार। शेर्वो कम्पनीले डिजिटल पेमेन्ट सर्भिसका लागि ‘शेर्वो–पे’ सञ्चालनमा ल्याउने भएको छ । भारतमा समेत कारोबार गर्न सकिने शेर्वो–पेले साउन पहिलो सातादेखि सेवा सुरु गर्ने कम्पनीका प्रबन्ध निर्देशक दर्पण राईले जानकारी दिए ।

उनका अनुसार पछिल्लो समय डिजिटल भुक्तानी सेवामा आकर्षण बढिरहेका बेला ‘शेर्वो–पे’ थप सेवा र सुविधासहित बजारमा ल्याउन लागिएको हो ।

अहिले बजारमा ई–सेवा र खल्तीजस्ता डिजिटल वालेटहरु सञ्चालनमा छन् । तर, शेर्वो–पेले अझ ग्राहकलाई थप सेवा र सुविधा प्रदान गर्ने जनाएको छ । शेर्वो–पेको मोबाइल एप डाउनलोड गरेपछि सम्पूर्ण भुक्तानी गर्न सकिन्छ ।

काठमाडौंको महाराजगञ्जमा कार्यालय रहेको कम्पनीले शेर्वो पे सञ्चालनमा आएको पहिलो ६ महिनासम्म कुनै पनि बैंकबाट रकम ट्रान्जेक्शन गर्दा शुल्क लाग्ने छैन । शर्वो पेमार्फत दिनमा १ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने छ ।

साथै, बिजुली, पानीको बिल भुक्तानी गर्न, किनमेलमा पैसा तिर्न, मूभि टिकट, डीशहोम र मोबाइल रिचार्ज गर्दा ३ देखि ५ प्रतिशतसम्म क्यासब्याक पाइने कम्पनीले जनाएको छ ।

त्यस्तै, द मिलालो, फूर्ला, ज्याक एण्ड जोनस जस्ता अन्तर्राष्ट्रिय ब्राण्डका कपडा खरिदमा १० प्रतिशतसम्म छुट पाइने पनि कम्पनीले जनाएको छ ।

सञ्चालनमा रहेका सबै बैंक र ‘क’ वर्गका सहकारी तथा फाइनान्ससँग नेकवर्किङ सहकार्य गरिएको राईले बताए । शर्वो कम्पनीले लामो समयदेखि सहकारी र कृषि फार्मसमेत सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया