नेप्से परिसूचक दोहोरो अंकले घटेर १८४८ विन्दुमा झऱ्यो 
अखबार टुडे
प्रकाशित:
२०७९, ९ असार

काठमाडौं, ९ असार । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकको गिरावट आएको छ ।

बिहीबार नेप्से परिसूचक ४५.२५ अंकले घटेर १८४८.२८ विन्दुमा आइपुग्दा ठूला कम्पनीको कारोबार मापन गर्ने परिसूचक सेन्सेटिभ ७ अंकले घटेर ३६२.०९ विन्दुमा झरेको छ ।

बुधबारको तुलनामा कारोबार रकममा भने वृद्धि भएको छ । आज २ सय ३७ कम्पनीका ५० लाख ८ हजार ७ सय ७१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५० करोडको कारोबार भयो ।

उपसूचक समूहमा पनि राताम्मे देखिएको छ । निर्जीवन बीमा २१८.०५, जीवन बीमा १४३.३८, विकास बैंक ११९.८६ र माइक्रोफाइनान्स १०२.१५ अंकले घटेका छन् । म्युचल फन्ड र लगानी समूह सामान्य अंकले घट्दा अन्य समूह भने दोहोरो अंकले ओरालो झरे ।

शेयरबजार लगातार घटिरहँदा शेयर बजारमा शून्यता छाएको छ । एक समय दैनिका २० अर्बभन्दा माथिसम्मको कारोबार हुने गरेको बजारमा अहिले मुस्किले डेढ अर्बको कारोबार हुने गरेको छ ।

प्रतिक्रिया