काठमाडौं, ९ असार । सरकारले वरिष्ठ क्याप्टेन दीपु ज्वारचनलाई नेपाल बायुसेवा निगममा महाप्रबन्धकको जिम्मेवारी दिएको छ ।
ज्वारचनलाई अस्थायी महाप्रवन्धनको जिम्मेवारी तोकिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेका स्वकीय उपसचिव हेमन्त रेग्मीकाले जानकारी दिए ।
नेपाल एयरलाइन्सको नेतृत्व खाली रहेको अवस्थामा संस्थालाई नेतृत्व गर्न सोमबार बसेको मन्त्रिपरिषद्बाट उनलाई अस्थायी महाप्रवन्धक नियुक्त गरिएको हो । नेतृत्वमा रहँदा समेत उनले जहाजका चालकका हैसियतमा समेत काम भने गर्न पाउने भएका छन् ।
भ्रष्टाचार गरेको आरोप लागेका अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषदले कार्यकारी प्रमुखबाट बर्खास्त गरेको थियो । त्यसैगरी निगमलाई निजी क्षेत्रलाई बेच्ने निर्णय गरेका पौडेललाई २३ जेठमा बसेको मन्त्रिपरिषद बैठकले बर्खास्त गरेको थियो ।
यसअघि निगमको अप्रेसन निर्देशक रहेका ज्वारचनले बरिष्ठ क्याप्टेनको हैसियतमा न्यूनतम उडान गर्नेगरी जिम्मेवारी पाएका हुन् ।