बूढानीलकण्ठमा एक निर्माणाधीन घरमा महिलाको शव भेटियो, एक पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, ९ असार

काठमाडौं, ९ असार । काठमाडौंको बूढानीलकण्ठमा एक जना महिला मृत अवस्थामा फेला परेकी छन् ।
बूढानीलकण्ठ नगरपालिका–८ भंगालस्थित एक निर्माणाधीन घरमा महिलाको शव फेला परेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार ती महिला सोही निर्माणाधीन घरमा ज्यामी काम गर्थिन् । मृत फेला पर्नेमा ४१ वर्षीय फुलमाया सुनुवार छिन् । उनको शव बुधबार दिउँसो करिब २ बजेतिर फेला थियो ।

प्रहरीले घटनाको अनुसन्धानको लागि एक जनालाई नियन्त्रणमा लिएको छ । उनको परिचय खुलाइसकेको छैन । मैनालीका अनुसार महिलाको शरीरमा घाउ चोट देखिएको छैन ।

बाँकी पोष्टमर्टम रिपोर्टबाट खुल्ने प्रहरीले जनाएको छ । उनको शव पोष्टमर्टमको लागि टिचिङ अस्पताल पठाएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान प्रहरी वृत्त महाराजगन्जले गरिरहेको छ ।

प्रतिक्रिया